भदौ २२,काठमाडौं :नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्स र सानिमा बैंक लिमिटेडबीच कर्जा सम्झौता भएको छ ।
नजिकिँदै गरेको दशैं, तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता गरिएको हो ।
अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंकको रिटेल लेन्डिङ्ग डिपार्टमेन्ट हेड विशाल दाहालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकमार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउने छन् ।
यो सुविधा रेनोका देशभरका आधिकारिक डिलर र नजिकै रहेका सानिमा बैंकको शाखामा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।



