भदौ २४,काठमाडौं :सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ ।
यसले कुल २३ करोड ४० लाख रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
सानिमा क्यापिटल लिमिटेडको भदौ २२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको बताइएको छ । गत वर्ष यसले २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।



