२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुन प्रकरण: विध ल्याबका सञ्चालकसँग सीआईबीले लियो बयान

images

  • २०८० भदौ २४, आइतबार
  • 1.3K
    SHARES
  • सुन  प्रकरण:  विध ल्याबका सञ्चालकसँग सीआईबीले लियो बयान


    भदौ २४,काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएको छ ।  यसअघि पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको भन्दै सीआईबीले उहाँसँग बयान लिएको हो । 


    उहाँ बयानका लागि आइतबार बिहान सीआईबीमा आएको र आवश्यक बयान लिने काम भएको एक अधिकारीले जानकारी दिए । ६० किलो ७ सय १६ ग्राम सुन गत साउन ३ मा राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । 

    उक्त सुन प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गर्दै आएको छ । हालसम्म सुन तस्करी प्रकरणमा ३० जना पक्राउ परेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ