२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से सूचक दोहोरो अंकले बढ्यो

images

  • २०८० भदौ २४, आइतबार
  • 1.2K
    SHARES
  • नेप्से सूचक दोहोरो अंकले बढ्यो


    भदौ २४,काठमाडौं :साताको पहिलो दिनमा  नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक १०.२३ अंकले बढ्दै १९ सय ४२.६८ को विन्दुमा पुगेको हो ।

    आज १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । 

    हाइड्रोपावर समूह बाहेक आज १२ वटा उपसूचक धनात्मक भएका छन् । ट्रडिङ समूहको उपसूचक १.६७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक १.२७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १ प्रतिशतले बढेको छ ।

    अन्य समूहहरूको उपसूचक १ प्रतिशत कमले बढेका छन् । हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१४ प्रतिशतले घट्न पुगेको छ । 

    आज सूर्योदय ओमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिवम् पावर लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ । यता हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने आज ७.८१ प्रतिशतले घट्न पुगेको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ