२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

२६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

images

  • २०८० भदौ २५, सोमबार
  • 1.2K
    SHARES
  • २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

    भदौं २५,काठमाडौं :नेपालगन्ज विमानस्थलबाट  २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

    विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनु भयो । 

    नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान पक्राउ गरेको बतायएको छ । स्रोतका अनुसार सापकोटा बिहान ८ स् ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ