२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार: ४४ अंकले बढ्यो नेप्से

images

  • २०८० भदौ २५, सोमबार
  • 1.1K
    SHARES
  • सेयर बजार: ४४ अंकले बढ्यो  नेप्से

    भदौ २५,काठमाडौं :सोमबार सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेको छ। कारोबार रकम  एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँको  भएको छ। 

    सोमबार बजारमा २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २१२ कम्पनीको सेयर मूल्य बढेको छ। ११ कम्पनीको सेयर मूल्य घट्यो भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन।

    होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आएको बजारमा ४ कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट तहमा पुग्यो। थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेबलमा बढेको थियो। ती कम्पनीको सेयर मूल्य क्रमशः ९९८,९.९७ र ९.८७ प्रतिशतले बढेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९.८५ प्रतिशतले बढ्यो।

    सोमबारको बजारमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ, नेपाल बैंक डिबेञ्चर ८.५ र राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फण्डले धेरै गुमायो। दोस्रो बजारमा साल्ट ट्रेडिङको सेयर सबै भन्दा धेरै कारोबार हुने कम्पनी रह्यो। ६ करोड २५ लाख बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ। दोस्रो धेरै कारोबार ५ करोड ७१ लाख बराबरको एभरेष्ट बैंंकको भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ