२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

images

  • २०८० भदौ २६, मंगलबार
  • 1.2K
    SHARES
  • एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

    भदौ २६ काठमाडौँ : संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ।

    सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो।उपचारको क्रममा उहाँका निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताउनुभयो।

    एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

    विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो। सरल र भद्र स्वभाव अनि तौलिएर बोल्ने नेम्वाङ जीवनको अन्तिम क्षणमा कसैसँग बोल्नै नपाइ सधैँका लागि अस्ताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ