भदौ २६ काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताउनु भएको छ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री प्रचण्डले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताउनु भएको हो।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो। उपचारको क्रममा उहाँका निधन भएको थियो।



