भदौ २६ काठमाडौँ : आज बिहान इच्छाकामना गाउँपालिका स्थित टोप खोलामा सुक्खा पहिरो खस्दा नारायणगढ – मुस्लिन सडक खण्ड अवरुद्ध भएको छ।
अहिले पहिरो सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन्। पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्स्काभेटर’ तयारी अवस्थामा रहेको प्रहरीले बताउनुभयो।
नारायणगढ – मुस्लिन सडक खण्ड पटक – पटक अवरुद्ध हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन्।



