२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्लोबल आइएमईमा २ हजारमा आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने

images

  • २०८० फागुन २, बुधबार
  • 1.5K
    SHARES
  • ग्लोबल आइएमईमा २ हजारमा आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने

    काठमाडौँ : ग्लोबल आइएमई क्यापिटलद्वारा फागुन १ गतेदेखि लागु हुने गरी हितग्राही खाता र मेरो शेयरको आजीवन नवीकरण गर्ने नयाँ योजनाको शुभारम्भ गरेको छ।

    जस अनुसार ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका नेपालभर शाखाबाट यो योजना सञ्चालन हुने र हितग्राही खाता खोलि सकेका एवं अब उप्रान्त नयाँ खाता खोल्ने हितग्राहीहरुको लागि डिम्याट र मेरो सेयर खाता खोल्दा एकमुष्ट २ हजार जम्मा गरी बाँचुन्जेल आजीवन नवीकरण गरि रहनुपर्ने झन्झटबाट मुक्त भई यस योजनाबाट लाभान्वित हुन सकिनेछ।

    हाल हितग्राही खाता खोल्ने र मेरो शेयर सेवा लिने ग्राहकहरूले प्रत्येक वर्ष क्रमशः १०० रुपैयाँ र ५० रुपैयाँ भुक्तानी गरी नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। यदि ग्राहकले प्रत्येक वर्ष नवीकरण नगरेको अवस्थामा हितग्राही खाता फ्रिज भई दोस्रो बजारमा कारोबार गर्न नसकिने एवं मेरो शेयर नवीकरण हुन नसकेमा अनलाइन प्रणाली प्रयोग गर्न नपाउने विद्यमान व्यवस्था रहेको सन्दर्भमा ग्राहकहरूको हित र सुविधालाई मध्यनजर गरी क्यापिटलले यस्तो सुविधा ल्याएको हो।

    यस योजनामा एक पटक २ हजार रुपैयाँ जम्मा गरी योजनामा आबद्ध हुन सकिनेछ। साथै, ३ वर्षभित्र हितग्राही खाता बन्द गर्नुपरेमा २०० रुपैयाँ कट्टा गरी एक हजार ८०० रुपैयाँ फिर्ता, ३ वर्ष वर्षपछि हितग्राही खाता बन्द गरेमा सम्पूर्ण रकम २ हजार फिर्ता गरिने र योजनामा आबद्ध हितग्राहीले पिएमएस सेवा लिन चाहेमा ५० प्रतिशत शुल्क छुट पाइने जनाइएको छ।

    साथै, यस अघि मिति २०७८ साउन १४ गतेदेखि लागु रहेको आजीवन डिम्याट खाता र मेरो शेयर सेवा सञ्चालन सम्बन्धी योजनालाई बन्द गरी ग्राहकहरूको लागि अझ बढी सरल बनाउँदै परिष्कृत तथा परिमार्जित गरी यो नयाँ योजना सञ्चालन गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ