२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

६० किलो सुन प्रकरण : आज प्रतिवेदन बुझाउने तयारी

images

  • २०८० भदौ २६, मंगलबार
  • 1.1K
    SHARES
  • ६० किलो सुन प्रकरण : आज प्रतिवेदन बुझाउने तयारी

    भदौ २६,काठमाडौं : ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे ‘संगठित सुन तस्करी’ को अनुसन्धान पुरा गरेर मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयारी गरिरहेको छ।

    अनुसन्धान अन्तिम चरणमा रहेको ब्युरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले जानकारी दिनु भयो। उहाँले भन्नु भयो अन्तरदेशीय अपराधको मामिलामा हामीले कुनै कसर बाँकी नराखीकन अनुसन्धान गरेका छौँ।’ सुन प्रकरणमा राजस्व अनुसन्धान विभाग र सीआईबीले अनुसन्धान थालेको ५५ दिन पुरा भएको छ।


    राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको थियो।

    हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो। सुन तस्करीमा संलग्न आरोपमा हालसम्म ३० जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौँले सोमबार थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ