२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मकवानपुर डेङ्गुको सङ्क्रमण बढ्दो

images

  • २०८० भदौ २६, मंगलबार
  • 1.4K
    SHARES
  • मकवानपुर डेङ्गुको सङ्क्रमण बढ्दो

    भदौ २६, काठमाडौं : मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ। मकवानपुर जिल्लामा १ पुरुषको डेङ्गुबाट मृत्यु भएको थियो।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार साउन देखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या ४२१ पुगेको छ। जिल्लामा हालसम्म सबैभन्दा बढी डेङ्गु सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको छ जहाँ अहिलेसम्म ३२९ जनामा फेला परेको छ।

    त्यसैगरी थाहा नगरपालिकामा १, मकवानपुरगढी गाउँपालिकामा ११, बागमती गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा ३३, इन्द्रसरोवर गाउँपालिकामा २, भीमफेदी गाउँपालिकामा १०, वकैया गाउँपालिकामा १४ तथा विकट एवम् दुर्गम राक्सिरागङ गाउँपालिकामा १ जना डेङ्गु सङ्क्रमित फेला परेको छ। 

    जिल्लामा सोमबारसम्म थप १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेकामा छन् जसमा हेटौँडा उपमहानगरपालिकामा ६ मकवानपुरगढी गाउँपालिकामा १, मनहरि गाउँपालिकामा २ जनाका साथै यहाँ बस्दै आएका अन्य जिल्लाका ३ जनामा पनि सङ्क्रमण फेला परेको थियो जिल्लामा दैनिक सरदर १० भन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भइरहेका अनुमान गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ