२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दोहोरो अंकले घट्यो नेप्से

images

  • २०८० भदौ २६, मंगलबार
  • 1.1K
    SHARES
  • दोहोरो अंकले घट्यो नेप्से

       भदौ २६, काठमाडौं :मंगलबार सेयर बजार दोहोरो अंकले गिरावट भएको छ । सोमबार बढेको बजारमा मंगलबार नै गिरावट आएको हो । मंगलबार सेयर बजार १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा रोकिएको छ ।

    मंगलबार म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु घटेका छन् । कुल २७६ धितोपत्रको २६ हजार ३०२ वटा कारोबारबाट ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ कारोबार भएको छ ।

    मंगलबार शुभम् पावरको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सामलिङ पावर, अपर स्याङगे हाइड्रोपावर, अरुण कावेली पावर, डोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।

    थ्री स्टार हाइड्रोपावरको मूल्य नेगेटिभ सर्किट लेबलमा घटेको छ । सुपर मादी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अपर सोलु इलेक्ट्रिक कम्पनीसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ