२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नाडा अटो शो २०२३' सुरू,६ दिनसम्म चल्ने

images

  • २०८० भदौ २६, मंगलबार
  • 1.4K
    SHARES
  • नाडा अटो शो २०२३' सुरू,६ दिनसम्म चल्ने

    भदौ २६, काठमाडौं : नाडा अटो शो २०२३ सुरू भएको छ। ६ दिनसम्म चल्ने उक्त अटो शो मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन  गर्नु भएको हो।  

    भदौ २६ गते सुरू भएको नाडा अटो शो २०२३ आगामी भदौ ३१ गतेसम्म सञ्चालन हुने बताइएको छ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भइरहेको उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह(प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। 

    प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू छन्। उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत छ।

    प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ