२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल उद्योग वाणिज्य महासङ्घ

लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई चन्द्र ढकालको आह्वान

images

  • २०८० फागुन २, बुधबार
  • 1.6K
    SHARES
  • लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई चन्द्र ढकालको आह्वान

    काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आह्वान गर्नुभएको छ। 

    संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वर्ल्ड गभर्मेन्टस् समिट) मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरूलाई यसबाट लाभ लिन आग्रह गर्नुभएको हो। 

    उहाँले भन्नुभयो “नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरूमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानीका लागि विश्वभरका लगानीकर्ताहरूलाई आह्वान गर्दछु।” 

    उहाँले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकीय कतिपय झन्झट कम गरी पारदर्शिता अभिवृद्धि गर्न र व्यावसायिक वातावरण निर्माण गर्न नेपाल सरकार र निजी क्षेत्रका तर्फबाट पहल भइरहेको कुरा पनि सो सम्मेलनमा राख्नुभएको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

    उहाँले भन्नुभएको छ “नेपाल सरकारले यही अप्रिल २८–२९ मा आयोजना गर्न लागेको ‘नेपाल लगानी शिखर सम्मेलन २०२४’ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ। साथै, विभिन्न सम्भावित साझेदार मुलुकहरूसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ। यसले २ देशबिच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ।” 

    उहाँले नेपालले आयोजना गरेको सो लगानी सम्मेलनमा सहभागी हुन पनि सबैसँग आग्रह गर्नुभयो। ‘सपिङ फ्युचर गभर्मेन्ट’ भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वका कैयौँ देशका राष्ट्र तथा सरकार प्रमुख अन्तर्राष्ट्रिय सङ्घसंस्था, राजनैतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ। शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्दै नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा पनि जानकारी गराउनुभएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ