२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

images

सत्कार खबर
  • २०८० वैशाख २४, आइतबार
  • 856
    SHARES
  • कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

    काठमाडौं : धनगढीमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् । बिहीवार बिहान प्रहरीले धनगढी उपमहानगरपालिका १ का २२ वर्षीय राज पार्कीलाई अवैध ५ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेका छन् । 

    जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताउनु भयो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको  बताउनु भयो ।

    यता कैलालीमा पनि  २ जना लागुऔषधसहित  पक्राउ परेका छन् । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका– १० पिपरौवाबाट एक ग्राम खैरो रोइनसहित २ जना पक्राउ परेका छन् । विहिबार साँझ लागुऔषधसहित सोही स्थानका दुई जना  पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित लम्कीचुहा नगरपालिका १ का २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक  पक्राउ परेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ