भदौ २७, काठमाडौं : श्रीलंकालाई हराउदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने पहिलो टोली बन्यो।
श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४१.३ ओभरमा १७२ रनमै अलआउट भएको छ।श्रीलंकाका लागि दुनिथ वेललेजले अविजित ४२ रन, धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाएका थिए।
बलिङमा भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुदै २ सय १३ रन बनाएको थियो। भारतका लागि रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। शुभमन गिलले १९ रन, राहुलले मा ३९ तथा किशनले ३३ रन बनाएका थिए।
बलिङमा श्रीलंकाका लागि दुनिथ वेलालेजले १० ओभरमा ४० रन खर्चिएर ५ विकेट लिएका थिए। उनले शीर्ष ६ मा ब्याटिङ गरेका मध्ये इशन किसन बाहेक कप्तान शर्मा, ओपनर गिल, पूर्वकप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गराएका थिए।चरिथ असलंकाले ४ विकेट र महेश थिक्सनाले १ विकेट लिएका थिए।



