२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

images

  • २०८० फागुन ३, बिहीबार
  • 1.1K
    SHARES
  • एनएलजी इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

    काठमाडौँ : एनएलजी इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिक साधारण सभा आज बस्दै छ। कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा फागुन ३ गते अम्रपाली ब्याङकेट बालुवाटार काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको थियो।  

    कम्पनीले हाल कायम चुक्ता पुँजीको कुल ५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जस अनुसार ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद लाभांश रहेको छ। आज सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ।  

    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको लेखा परीक्षण गरिएको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ। साथै सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण  गर्नेछ।  

    कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यस कारण माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ