२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कपिलवस्तु बस दुर्घटना अपडेट :  १० जना मृतकको सनाखत

images

  • २०८० फागुन ३, बिहीबार
  • 1.3K
    SHARES
  • कपिलवस्तु बस दुर्घटना अपडेट :  १० जना मृतकको सनाखत

    कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,काली जङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुन कुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन्  

    यसै गरी, भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त – २  का  सुदीप भट्ट र पुनरवास –९ का बिस फाटा  विमलादेवी भट्टको पहिचान खुलेको छ।

    महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको  सडकबाट दुई सय मिटर तल खसेको थियो। कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये ९ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ