२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते

images

  • २०८० भदौ २७, बुधबार
  • 1.2K
    SHARES
  • रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते

    भदौं २७,काठमाडौं : रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। बुधबार बिहान रजनटारबाट काठमाडौं जाँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका–३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जनकुमार गिरीले  जानकारी दिनु भयो।

    उहाँका अनुसार दुर्घटनामा घाइतेमध्ये ३ जनालाई एम्बुलेन्स र ४ जनालाई सुमोमा काठमाडौंतर्फ उपचारका लागि पठाइएको छ।

    प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।  बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको  प्रहरीले जानकारी दिनु भयो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ