२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

दोहोरो अङ्कले घट्यो नेप्से, करिब ४ अर्बको कारोबार?

images

  • २०८० फागुन ३, बिहीबार
  • 1.3K
    SHARES
  • दोहोरो अङ्कले घट्यो नेप्से, करिब ४ अर्बको कारोबार?

    काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १४.४६ अङ्क घटेर २०६२.०३ विन्दुमा झरेको छ। त्यसै गरी, आज सेन्सेटिभ इण्डेक्स ३.७१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अङ्क तथा सेन्सेटिभ इण्डेक्स १.२१ अङ्क घटेको छ।

    १३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक आज सर्वाधिक २.७१ प्रतिशत घटेको छ तथा विकास बैङ्क र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज ७९ कम्पनीको मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ७ कम्पनीको मूल्य स्थिर रहेको छ। हिजो  ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज  ३०५ कम्पनीको ८१ हजार ५६ पटकको कारोबारमा ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार कित्ता शेयर कारोबार भएको छ।

    कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स नै शीर्ष स्थानमा २२ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सगरमाथा जलविद्युत कम्पनीको साढे ११ करोड बराबर तथा जोशी हाइड्रोपावरको कारोबार रकम साढे १० करोड बदी कारोबार भएको छ।

    आज २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त रहेका छन्। त्यस्तै, आज छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ८ प्रतिशत भन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको करिब साढे ७ प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ५.७० प्रतिशत घटेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ