२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दशैंका लागि खसी र च्याङ्‍ग्रा किन्न ८ करोड ३३ लाख बजेट

images

  • २०८० भदौ २७, बुधबार
  • 756
    SHARES
  • दशैंका लागि खसी र च्याङ्‍ग्रा किन्न ८ करोड ३३ लाख बजेट

    भदौं २७,काठमाडौं : सरकारले यस वर्ष पनि मुख्य चाडपर्वलाई लक्षित गरेर सहुलियतपूर्ण बजार सञ्चालन गर्ने भएको छ।

    दशैं, तिहार र छठ जस्ता ठूला पर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्ने र दशैंका लागि सहुलियतमा खसी, बोका र च्याङ्‍ग्रा बिक्री गर्ने गरी बजेटको तयारी सकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

    कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले  यस वर्ष दशैंको मासु बजारमा हस्तक्षेप गर्न ३ हजार खसी, बोका र च्याङ्‍ग्रा खरिद गरिने  जानकारी दिनु भयो । २ हजार गोटा खसी र बोका र एक हजार च्याङ्‍ग्रा खरिदका लागि कम्पनीले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको उहाँको भनाई छ।

    कम्पनीले प्रस्ताव गरेको बजेट केही दिनमै मन्त्रालयमा पेश हुने र यसबारे निर्णय हुनेछ। गत वर्षहरुमा जस्तै, साल्ट ट्रेड्रिङ, दुग्ध विकास संस्थान लगायतसँगको समन्वयमा देशैभर एकीकृत सहुलियतपूर्ण बजार सञ्चालनको प्रस्ताव पनि मन्त्रालयमा पठाइने छ।

    ती पसलका आधारभूत खाद्यान्न सहुलियत मूल्यमा पाइने कम्पनीले जनाएको छ। उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा पनि खाद्यको सुपथ पसल हुनेछ।

    साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै गरी देशभर ३८ वटा स्थानमा सहुलियत पसल सञचालन गर्ने तयारी गर्ने जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ