२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से ३९ अंकले वृद्धि ,डेढ अर्बको कारोबार

images

  • २०८० भदौ २७, बुधबार
  • 1.2K
    SHARES
  • नेप्से ३९ अंकले वृद्धि ,डेढ अर्बको कारोबार

    भदौं २७,काठमाडौं :साताको अन्तिम कारोबारको दिन बुधबार सेयर बजारमा  ३९.४८ अंकले अंकले वृद्धि भएको छ। मंगलबार दोहोरो अंकले ओरालो लागेको बजारमा नेप्से बढेसँगै २००७.०६ को बिन्दुमा कायम भएको छ। हरियाली छाएको बजारमा सूचीकृत २७५ कम्पनीहरुका ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर ३६ हजार ४५ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँको छ।

    सेयर बजार बढेसँगै १३ वटै उपसमुहगत सूचकमा हरियाली छाएको छ । राम्रो लाभांश घोषणा गर्ने वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो देखिएको छ। जलविद्युत सर्वाधिक ३.६२ प्रतिशत बढेको छ। त्यस्तै वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

    विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    एनआईसी एशिया बैंकको ७ करोड ९३ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा एभरेष्ट बैंकको पनि ६ करोड ३८ लाख ३१ हजारको सेयर खरिद बिक्री भएको छ। यस्तै, सोल्टी होटलको ६ करोड ७० लाख ८३ हजार, शिवम् सिमेन्टको ५ करोड ७२ लाख २६ हजार र आइएमई लाइफको ३ करोड ८८ लाख २४ हजार रुपेयाँको सेयर खरिद बिक्री भएको हो।

    बरुण हाइड्रोपावर र शुभम् पावर गरी दुई स्टकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बरुण हाइड्रोपावरको सेयर प्रतिकित्ता २२ रूपैयाँ बढेर २४२ रूपैयाँ पुगेको छ। शुभम पावरको ८१ रूपैयाँ ४४ पैसाले बढेर ८९६ रूपैयाँ पुगेको छ।

    त्यस्तैगरी, यस दिन समता घरेलु लघुवित्त ९।८६ प्रतिशत र अरुण काबेली पावरको सेयर मूल्य ९.०३ प्रतिशतले बढेको छ। यस्तै अपि पावरको सेयर मूल्य ८.२८ प्रतिशतले बढेको छ।

    थ्रीस्टार हाइड्रोपावरको मूल्य बुधबार सर्वाधिक ८ प्रतिशत घटेको छ। कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७ रुपैयाँले घटेर ३१३ रूपैयाँमा झरेको छ। सिटिजन म्युचुअल फन्ड–२, स्वाभिमान लघुवित्त र १०.२५५ नेपाल एसबिआई डिबेञ्चर २०८३ को मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ। ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको १.७१ प्रतिशतले शेयरमूल्य घटेको छ। बुधबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ४ अर्ब ६२ करोड ५२ लाख रुपैयाँमा समेटिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ