काठमाडौँ : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलेयस आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ८८ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेको थियो। साल्ट ट्रेडिङले एकै वर्षमा ९०.१६ प्रतिशतले वृद्धि गरेको देखिन्छ। आम्दानी बढ्दा नाफामा भारी वृद्धि देखिएको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको कुल आय समग्रमा ३०.४५ प्रतिशतले बढेको छ। कम्पनीको कुल आय ५५ करोड ५७ लाख १९ हजार रुपैयाँ पुगेको छ। यस आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बिक्री ३ अर्ब ४५ करोड ३८ लाखबाट बढेर ६ अर्ब ६९ करोड ५६ लाख पुगेको छ। बिक्री बढेसँगै कुल आम्दानीमा पनि सुधार देखिएको छ। साथै, कम्पनीको अन्य आय १ करोड ७३ लाखबाट बढेर १ करोड ८२ लाख रुपैयाँ पुगेको छ।
यस्तै, कर्मचारी खर्च १६ करोड ३७ लाखबाट १७ करोड ५० लाख पुगेको छ भने प्रशासनिक खर्च १० करोड ५ लाखबाट १० करोड ३८ लाख पुगेको छ तथा ब्याज खर्च ४७.४८% बढेर २२ करोड ६४ लाख ९० हजार रुपैयाँ पुगेको छ।
यस्तै, साल्ट ट्रेडिङको चुक्ता पुँजी १० प्रतिशतले बढेर २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार पनि २ करोड ८५ लाख ५४ हजारले बढेर १ अर्ब ३५ करोड ७७ लाख १४ हजार रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ४१९.३५ रुपैयाँ , प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०८.८७ गुणा छ।
नाफासँगै साल्ट ट्रेडिङको वार्षिक प्रतिसेयर आम्दानी पनि ७.४३ रुपैयाँबाट बढेर १२.८४ रुपैयाँपुगेको छ साथै प्रति सेयर नेटवर्थ ४१९.३५ रुपैयाँ , प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०८.८७ गुणा भएको छ।
कर्पोरेसनले गुणस्तरीय वस्तुहरूको कारोबार गरी आम उपभोक्ताहरूलाई गुणस्तरयुक्त खाद्यवस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व बहन गर्दै कारोबार गर्दै आइरहेको छ।



