२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रपतिसँग मानवअधिकार आयोगका पदाधिकारीको भेट

images

  • २०८० भदौ २७, बुधबार
  • 1.6K
    SHARES
  • राष्ट्रपतिसँग मानवअधिकार आयोगका पदाधिकारीको भेट

    भदौं २७,काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीले भेट गरेको छ।

    राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज भएको भएको भेटमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको आयोगले जनाएको छ। राष्ट्रपति पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    आयोगका अध्यक्ष मगरले आयोगले मानव अधिकार संरक्षण र संवर्द्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै र आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नका लागि पेरिस सिद्धान्तबमोजिम आयोग ऐन निर्माण गर्नुपर्ने र यसका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभएको थियो।

    भेटमा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारीप्र्रसाद खरेल, सहसचिव डा टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेलको उपस्थिति रहेको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ