२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

बझाङमा जिप दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

images

  • २०८० फागुन ४, शुक्रबार
  • 991
    SHARES
  • बझाङमा जिप दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

    बझाङ : बझाङको तल कोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।   

    बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तल कोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तल कोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए। जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ