२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८० फागुन ४, शुक्रबार
  • 1.2K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : साताको अन्तिम  कारोबार दिन आज शुक्रवार सुनचाँदी दुवैको मूल्य बढेको छ। हिजो बिहीबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

    यसै गरी, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने हिजो बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।

    त्यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ४ सय १०  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला१ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो। 
      
    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २००३.८८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२.९६ डलरमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ