२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पाल्पामा बस दुर्घटना, कम्तीमा २० घाइते

images

  • २०८० भदौ २८, बिहीबार
  • 1.8K
    SHARES
  • पाल्पामा बस दुर्घटना, कम्तीमा २० घाइते

    भदौं २८, काठमाडौं : पाल्पाको तानसेनमा बिहीबार बेलुकी रात्रि बस दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा २० जना घाइते भएका छन्। 

    पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो। दुर्घटनाका घाइतेलाई मिसन अस्पताल ‍तानसेनमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो।

    प्रहरीका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिनु भयो। 

    दुर्घटना स्थलमा २ वटा मोटरसाइकलका साथै २ घरमा समेत क्षति पुगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनु भयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ