२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

करण जोहरले छाडे ट्वीटर

images

सत्कार खबर
  • २०७९ असोज २५, मंगलबार
  • 266
    SHARES
  • करण जोहरले छाडे ट्वीटर

    काठमाडौं । बलिउड निर्माता करण जोहरले सोमबार अपरान्ह एउटा ‘सरप्राइज’ घोषणा गरेका छन् । यो घोषणा नौलो त होइन, तर करणका फ्यानका लागि नौलो र स्तब्ध बनाउने खालको छ । करणले ट्वीटर छाड्ने घोषणा गरेका छन् । ट्वीटर छाडेको जानकारी दिंदै उनी लेख्छन्, ‘थप सकारात्मक ऊर्जाको लागि मात्र ठाउँ बनाउनु र यो त्यसतर्फको एउटा कदम हो । अलबिदा ट्वीटर । करण सामाजिक सञ्जालमा अति सक्रिय हुने बलिउड सेलिब्रिटीमध्ये पर्छन् । ट्वीटर छाडे पनि फेसबुक र इन्स्टाग्राममा भने उनी सक्रिय नै हुनेछन् । ट्वीटर छाड्ने करणको घोषणालाई प्रयोगकर्ताहरुले ट्रोल बनाइरहेका छन् । अन्य केही हलिउड र बलिउड सेलिब्रिटीले पनि सामाजिक सञ्जाल छाड्ने क्रम बढिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ