२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लमजुङको भुलभुलेमा छैटौं ‘हामखोला झरना महोत्सव–२०८३’ भव्यताका साथ सम्पन्न

images

  • २०८३ साउन २४, आइतबार
  • 391
    SHARES
  • लमजुङको भुलभुलेमा छैटौं ‘हामखोला झरना महोत्सव–२०८३’ भव्यताका साथ सम्पन्न

    काठमाडौँ : मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेस्थित पर्यटकीय हामखोला झरनामा आयोजित छैटौं हामखोला झरना महोत्सव–२०८३ भव्यताका साथ सम्पन्न भएको छ।

    मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा उक्त महोत्सव सञ्चालन गरिएको थियो। समितिका अध्यक्ष अशोक वाइवाको अध्यक्षतामा भएको समापन समारोहमा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको संरक्षण, प्रचार–प्रसार तथा यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय कला, संस्कृति, लोक संगीतका साथै विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका थिए।

    महोत्सवको दोस्रो दिन लमजुङका चर्चित लोकगायक राजु परियार र गायिका शिला आलेको विशेष प्रत्यक्ष दोहोरी प्रस्तुतिले उपस्थित दर्शकहरूको विशेष ध्यान खिचेको थियो। उनीहरूको प्रस्तुतिमा हजारौं दर्शकहरू गीतसँगै नाच्दै र रमाइलो गर्दै झुमेका थिए।

    यस्ता महोत्सवहरूले हामखोला झरनाको प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन, स्थानीय कला–संस्कृतिको जगेर्ना गर्न र मर्स्याङ्दी गाउँपालिकाको पर्यटन सम्भावनालाई उजागर गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

    प्राकृतिक सम्पदाको संरक्षणसँगै व्यवस्थित प्रचार–प्रसार, पूर्वाधार निर्माण र स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न सके यो झरना समग्र लमजुङकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

    महोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने जनप्रतिनिधि, अतिथि, कलाकार, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीयवासी, व्यवसायी, स्वयंसेवक तथा देश–विदेशबाट पाल्नुहुने सम्पूर्ण दर्शकहरूलाई आयोजक समितिले धन्यवाद ज्ञापन गरेको छ।

    ‘हामखोला झरना बचाऔँ, चिनाऔँ र पर्यटनको गन्तव्य बनाऔँ’ भन्ने मूल नारासहित आगामी दिनमा पनि प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने आयोजकले प्रतिबद्धता जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ