२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाण्डाै र ललितपुरका विभिन्न ठाउँमा तीन दिन विद्युत् अवरूद्ध हुने

images

  • २०८० भदौ २९, शुक्रबार
  • 1.3K
    SHARES
  • काठमाण्डाै र ललितपुरका विभिन्न ठाउँमा तीन दिन विद्युत् अवरूद्ध हुने

    भदौं २९, काठमाडौं : काठमाण्डाै र ललितपुरका विभिन्न क्षेत्रमा आजदेखि तीन दिन बिजुलीको आपूर्ति ठप्प हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले स्युचाटार–टेकु लाइन  तीन दिन सट डाउन गर्न  लागेकाले बिजुलीको आपूर्ति ठप्प हुने भएको हो।

    टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन आज (शुक्रबार) बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

    त्यस्तै, ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन भोलि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र ६६ केभी स्युचाटार–के ३ लाइन भोलि दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ