२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८० भदौ २९, शुक्रबार
  • 761
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भदौं २९, काठमाडौं : आज शुक्रबार सुनचाँदी दुबैको मूल्य बढेको छ।

    आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार १ लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो।

    यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ। बिहीबार तेजावी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    बिहीबार प्रतितोला १ हजार ३८५  रुपैयाँमा किनबेच भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५  रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ