२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

नेप्से र कारोबार दुवैमा गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

images

  • २०८० फागुन ६, आइतबार
  • 1.1K
    SHARES
  • नेप्से र कारोबार दुवैमा गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

    गत साताको अन्तिम कारोबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    काठमाडौँ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक घटेको छ।

    कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स नै शीर्ष स्थानमा ४० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसै गरी, आज एनआईसी एशिया बैंकको साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम १० करोड बढीको शेयर कारोबार भएको छ।

    नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज १८ कम्पनीको मूल्य बढेको छ भने २२८ कम्पनीको मूल्य घटेको छ तथा बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ। गत बिहीबार ३ अर्ब ८६ करोडको शेयर कारोबार भएको बजारमा आज ३१५ स्टकको ९७ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर कारोबार भएको छ।

    आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत घटेको छ भने जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ तथा विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    नेप्से ओरालो लागे पनि आज २ कम्पनीका शेयर भने सर्किट लागेका छन् जसमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त रहेका छन्। त्यसै गरी, आज किसान लघुवित्तको शेयर मूल्य ८.२२ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको शेयर मूल्य ६.६५ प्रतिशत बढेको छ तथा  साम लिङ्ग पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ