२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन

images

  • २०८० भदौ ३०, शनिबार
  • 1.3K
    SHARES
  • तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन

    भदौं ३०,काठमाडौं :काठमाडौंको तीनकुनेस्थित दिव्या सःमिलमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ।

    शुक्रबार राति सःमिल हाताभित्र भएको विभत्स हत्याको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले पाँच सदस्यीय अनुसन्धान समिति गठन   गर्नु भएको हो । 

    कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा परिसर र बानेश्वर वृत्तका प्रहरी अधिकारी सदस्य रहनेगरी समिति गठन गरिएको छ। 

    समितिमा जिल्ला प्रहरी परिसरका काठमाडौंका डिएसपी हरि खतिवडा, रानीपोखरीका डिएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसी र प्रहरी वृत्त वानेश्वरका इन्सपेक्टर विरेन्द्र केसी सदस्य छन्। 

    समितिलाई घटनाको सुक्ष्म अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन बुझाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाले निर्देशन दिएका छन्।  

    सःमिलमा भएको सामुहिक हत्याबारे प्रहरीले मध्यराति १२ बजे खबर पाएको थियो। त्यसपछि परिचालन भएको प्रहरी टोलीले सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी आमा र श्रीमतीसहित २० वर्षीय नवीन राईलाई मृत फेला पारेको थियो।

    नवीनका आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणा लिएर सोधपुछ गरिरहेको छ। उनैले हिजो प्रहरी कार्यालय पुगेर घटनाबारे जानकारी दिएका थिए। सोधपुछकै लागि प्रहरीले अन्य ४ जनालाई पनि नियन्त्रणमा लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ