काठमाडौँ : आज फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्वजनिक बिदा दिएको छ।
२००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भव्यताका साथ मनाइदैँछ। शहीदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो।
नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशै भरी विभिन्न कार्यक्रम गरी मनाइदैँछ।



