२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
बैङ्किङ

अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन् : सीइओ ढुङ्गाना

images

  • २०८० फागुन ८, मंगलबार
  • 1.1K
    SHARES
  • अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन् : सीइओ ढुङ्गाना

    काठमाडौँ : नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैङ्कहरूले लाभांश दिन नसक्ने बताएका छन्।

    सिईओ ढुङ्गानाले महिला आर्थिक पत्रकार सङ्घ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। सिईओ ढुङ्गानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैङ्कमा परेको उहाँले बताउनुभयो।


    अहिले बजारमा खरिदबिक्री देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उहाँले बताउनुभयो। जसले गर्दा बैङ्कको रिकभरीमा नराम्रोसँग हिट गरेको पनि उहाँले बताउनुभयो। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरूले थप समस्या झेल्नुपर्ने तथा अहिले मुलुकमा पुँजीगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सही नभएको उहाँले बताउनुभयो। यसले अर्थतन्त्र सकारात्मक गतिमा नजाने उनको भनाई छ।

     
    साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको उहाँले बताउनुभयो। कार्यक्रम महिला आर्थिक पत्रकारिता सङ्घकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्।

    प्रमुख अतिथि डा. निलम ढुङ्गानाले कार्यक्रम उद्घाटन गर्नु भएको थियो भने कार्यक्रमको सहआयोजक नेपालकै निजी क्षेत्रको पहिलो बैंक नविल रहेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ