२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
बैंकिङ

कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत अनलाइन खाता खोल्न सकिने

images

  • २०८० फागुन ८, मंगलबार
  • 1.3K
    SHARES
  • कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत अनलाइन खाता खोल्न सकिने

    काठमाडौँ : कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ  उक्त मोड्युल सार्वजनिक भएसँगै कामना सेवा विकास बैङ्कमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन। 

    अनलाइन माध्यमबाट खाता खोल्न सक्ने व्यवस्था यस अघि नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैङ्कमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो। उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकहरूले अनलाइन खाता खोल्ने क्रममा बैङ्क प्रतिनिधासँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी आफ्नो ग्राहक पहिचान विवरण (KYC)अद्यावधिक गर्ने सकिने छ। 


    यो सुविधा प्रयोग गर्न बैङ्कको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ। बैंकले यो व्यवस्था ल्याएसँगै स्वदेश तथा विदेशमा रहेकाहरूले आफू अनुकूल विभिन्न प्रकारका खाता खोल्न सकिने भएको छ।

     
    वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरू प्रयोग गर्न सकिने बैंकले जनाएको छ। बैंकले अनलाइन खाता खोल्ने प्रक्रियाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ।

    उक्त भिडियो बैङ्कको वेभसाईट तथा अन्य सामाजिक सञ्जालमा राखिएको बैंकले जनाएको छ। डिजिटल प्रविधिलाई अधिकतम प्रयोग गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटिएमबाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ