२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु र ६ जना घाइते

images

  • २०८० भदौ ३१, आइतबार
  • 1.2K
    SHARES
  • गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु र ६ जना घाइते

     भदौ ३१, काठमाडौं : आज बिहान सवा ९ बजे दाङको तुलसीपुरमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा १ जनाको मृत्यु र ६ जना घाइते भएको छन्।

    नेपालगंजबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर – १६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नं को अटोरिक्सालाई तुलसीपुर – ६ स्थित स्टार चोकमा ठक्कर दिएको थियो।

    ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर १६ डोक्रेनाकाका दामोदर भण्डारीको उपचारका क्रममा मृत्यु भएका थिए।

    गम्भीर घाइतेहरुलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरएको छ।

    फरार गाडी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिनु भयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ