काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज मङ्गलवार नेप्से परिसूचक झिनो अङ्कले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १.७६ अङ्कले घटेर २०३३.०६ विन्दुमा पुगेको छ। त्यसै गरी, आज सेन्सेटिभ इण्डेक्स ०.८८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अङ्क तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अङ्क घटेको छ।
नेप्से निरन्तर ओरालो लागेपछि कारोबार रकम पनि घट्दो क्रममा रहेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७७ करोडको शेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ७६ हजार ८ सय ३ पटकको कारोबारमा ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको ९३ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थान ३१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने साना किसान विकास लघुवित्तको १२ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।
आज ९० कम्पनीको मूल्य बढेको छ भने १५० कम्पनीको मूल्य घटेको छ तथा बाँकी ९ कम्पनीको मूल्य स्थिर रहेको छ। आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै,अन्य उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत बढेको छ भने विकास बैङ्क, वित्त, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको हो।
नेप्से घटे पनि आज २ कम्पनीको शेयर सर्किट लागेका छन् जसमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त रहेका छन्। त्यसै गरी, आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई मूल्य ८.२७ प्रतिशत बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ तथा किसान लघुवित्तको शेयर मूल्य ७.७१ प्रतिशत घटेको छ।