२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

६० किलो सुन प्रकरण: आज अदालतमा मुद्दा दर्ता गरिँदै

images

  • २०८० भदौ ३१, आइतबार
  • 1.1K
    SHARES
  • ६० किलो सुन प्रकरण: आज अदालतमा मुद्दा दर्ता गरिँदै

     भदौ ३१ काठमाडौं :जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६० किलो सुन प्रकरणको मुद्दा दर्ता गर्ने भएको छ। आइतबार कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागेको हो। 

    यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार छन्। सिआइबीले उनीहरूमध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ। 

    अहिले पक्राउ पर्नेहरूमा ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन्।

    चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्। 

    साउन २ गते त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजश्व अनुसन्‍धान विभागले बरामद गरेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ