२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तीनकुने सामूहिक हत्याकाण्ड : थप १ जना पक्राउ

images

  • २०८० भदौ ३१, आइतबार
  • 1.2K
    SHARES
  • तीनकुने  सामूहिक हत्याकाण्ड : थप १ जना पक्राउ


    भदौ ३१,काठमाडौं :काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि दिपेन्द्र राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    आइतबार थप एकजना शंकास्पदलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । पक्राउ गरिएका आरोपितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

    हत्यामा संलग्न शंकित व्यक्ति कोटेश्वर हुँदै पेप्सिकोलातर्फ गएको सीसीटीभीमा देखिएको छ । झोला बोकेर पेप्सिकोलास्थित खहरेसम्म उनी पुगेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।

    शुक्रवार मध्यराति गैह्रिगाउँस्थित दिब्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो । हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राई छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ