२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार: नेप्से ४२ अंकले घट्यो

images

  • २०८० भदौ ३१, आइतबार
  • 1.2K
    SHARES
  • सेयर बजार: नेप्से ४२ अंकले घट्यो

    भदौ ३१,काठमाडौं : सातको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ४२.१४ अंकको उच्च गिरावट हुँदा १९६४.९१ को विन्दुमा बन्द भएको छ।

     आइतबार २.०९ प्रतिशतले गिरावट भएर २ हजारको विन्दुबाट झरेको हो । नेप्सेका सबै उपसूचकमा गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक ३.३३ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.३० प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.२९ प्रतिशतले गिरावट भएको छ।

    नेप्सेमा गिरावट भएपनि कारोबार रकम बढेर २ अर्ब नाघेको छ। आइतबार नेप्सेमा ४२ हजार ४७७ वटा कारोबारमा ५६ लाख ५९ हजार ४५८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब २ करोड ८५ लाखको कारोबार भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक २७ करोड ५४ लाखको कारोबार भएको छ।

    गत शुक्रबार २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बैंकको सेयर कारोबारमा लगानीकर्ताको आकर्षण देखिएको हो।

    यस्तै नेप्सेमा सूचीकृत भएर आइतबारदेखि कारोबार सुरू भएको रिलायबल लाइफ इन्स्योरेन्सको २४ करोड ५३ लाख र एभरेष्ट बैंकको १२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ।

    बैंकले पनि गत साता मात्रै सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। बैंकले अपेक्षाकृत लाभांश नदिंदा सेयर मूल्य पनि ६.४८ प्रतिशतले घटेको छ।

    आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये २१३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको सेयर मूल्य बढेको छ । यता ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ।

    आइतबार कारोबार भएकामध्ये शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ७.८९ प्रतिशत र बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य ५.४४ प्रतिशतले बढेको छ।

    मोलुङ हाइड्रोपावरको सेयरमूल्य ९.२१ प्रतिशतले गिरावट हुँदा मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य ८.४६ प्रतिशत र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ८.०२ प्रतिशतले गिरावट भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ