काठमाडौँ : फागुन २४ देखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०२४ आयोजना हुँदैछ। Bringing trade and Business together नाराको साथ यस नेपाल चेम्बर एक्स्पो २०२४ सुरु हुदैछ। फागुन २४ देखि २८ (२०२४ मार्च ७ देखि ११ तारिख) सम्म भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा नेपाल चेम्बर एक्स्पो २०२४ मेला हुँदैछ।
नेपाल चेम्बर एक्स्पो २०२४ का लागि स्टल बुकिङ खुल्ला रहेको छ। एक्सपोमा हस्तकला, निर्माण सामग्री, घर-जग्गा, पहिरन, पुस्तक, खाद्यान्न एवम् पेय पदार्थ, सवारी साधन, विद्युतीय उपकरण तथा अन्य स्वदेशी तथा विदेशी ब्रान्डका उप-भोग्या सामानहरुको भव्य प्रदर्शनी हुनेछन्।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लका अनुसार एक्सपोका मुख्य आयोजना नेपाल चेम्बर अफ कमर्स रहेको छ भने कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्सपोजिसनले गरेको छ।