२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
जल तथा मौसम

आजकाे माैसम : देशभर आंशिक बदली, गण्डकीका केही स्थानमा वर्षा

images

  • २०८० फागुन ९, बुधबार
  • 1.5K
    SHARES
  • आजकाे माैसम : देशभर आंशिक बदली, गण्डकीका केही स्थानमा वर्षा

    काठमाडौँ : हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। “काठमाडौँमा आज बदली हुनेछ साथै अपराह्नतिर काठमाडौँमा छिटपुट वर्षा पनि हुनसक्ने सम्भावना रहेको छ। 

    मधेस र बागमती प्रदेशमा साधरणतया बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ