काठमाडौँ : चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनाको वैदेशिक व्यापारले मन्दीको प्रभाव कायमै रहेको देखाएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष माघ मसान्तसम्म आयातमा २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले गिरावट आएको हो।
चालु आर्थिक वर्षको ७ महिनामा नेपालको कूल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार बराबरको भएको छ। जुन आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले कम हो।
यसै गरी, विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख ४८ हजार रुपैयाँको आयात भएको थियो। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो।
त्यस्तै, चालु आर्थिक वर्षको माघ मसान्तसम्म ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कम हो।



