२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गभर्नरको राजीनामा माग्दै बालुवाटार पुगे लघुवित्त पीडित

images

  • २०८० फागुन ९, बुधबार
  • 1.4K
    SHARES
  • गभर्नरको राजीनामा माग्दै बालुवाटार पुगे लघुवित्त पीडित

    काठमाडौँ : लघुवित्त पीडितहरूले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्। गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितहरू बालुवाटार पुगेका छन्।

    लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने र कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने उनीहरूको माग छ। वित्तीय अपराध बन्द गर्न पनि उनीहरूले माग गरेका छन्।

    लघुवित्त र मिटर ब्याज पीडितहरूले मङ्गलवार काठमाडौँमा मार्च पास गरेका थिए। लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति नेपालले मार्च पास गरेका थियो। नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौँ आएका छन्।

    उनीहरूले सामन्तीका अवशेषका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आम गरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत नौ बुँदे माग अघि सारेका छन्।

    लत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन्। मिटर व्याज र लघुवित्तले जग्गा-जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौँ आएको उनीहरूको भनाइ छ। तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ।

    गत चैतमा पैदल यात्रा गर्दै काठमाडौँ आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटर ब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरूको गुनासो छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ