२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ बाँडफाँड मिति तय

images

  • २०८० असोज १, सोमबार
  • 2.0K
    SHARES
  • हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ बाँडफाँड मिति तय

    असोज १,काठमाडौं  : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बाँडफाँड असोज २ गते मंगलबार बिहान ९ बजे हुने भएको छ। मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ।

    उक्त कम्पनीले भदौ २१ देखि भदौ २५ गते सम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो। उक्त कम्पनीको आईपीओ बाँडफाँड मंगलबार बिहान ९ बजे क्यापिटलकै कार्यालयमा  गरिने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ।

    कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन थियो। आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुने छ।

    त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ