काठमाडौँ : आज नेप्सेमा कारोबार हुने २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। २ कम्पनीमा प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्त रहेका छन्। सभा प्रयोजनार्थ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले फागुन ११ गते र स्वरोजगार लघुवित्तले फागुन १३ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीले मात्र लाभांश पाउनेछन् र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड :
गत आर्थिक वर्षको मुनाफाबाट सिद्धार्थ प्रिमियरले शेयर धनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा बिहान ११ः ३० बजेदेखि सुरु गर्ने गरी ३० औँ वार्षिक साधारण सभा डाकेको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ। जसअनुसार कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड :
गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्त ले शेयर धनीलाई ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद (कर प्रयोजनार्थ) लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न कम्पनीले फागुन २६ गते नेपाल हाउस, हात्तीसार, काठमाडौँमा बिहान ११ बजेदेखि बस्ने गरी १५ औँ वार्षिक साधारण सभा डाकेको छ।



