काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले बिहीबारदेखि काठमाडौँमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ।
बैङ्कले काठमाडौँ महानगरपालिका वडा नं. १५ मा स्वयम्भू शाखा र काठमाडौँ महानगरपालिका वडा नं. १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएको हो। बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गर्नुभयो।
कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैङ्किङ सेवा तथा सुविधाहरू दिने बताउनुभयो। बैङ्कले गत महिना काठमाडौँको अनामनगर र शंखमुल तथा ललितपुरको सातदोबाटो र भैंसेपाटी शाखाहरू सञ्चालनमा ल्याएको थियो।
बैङ्कले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैङ्किङ र २६२ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ।

#नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेड



