२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालगन्ज उप-महानगरपालिकाद्वारा २ सय विपन्न परिवारलाई ग्यास चुलो वितरण

images

  • २०८० फागुन १०, बिहीबार
  • 741
    SHARES
  • नेपालगन्ज उप-महानगरपालिकाद्वारा २ सय विपन्न परिवारलाई ग्यास चुलो वितरण

    बाँके : खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकामा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का २ सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको छ। 

    नेपालगन्ज उपमहानगरपालिका–५ ले आफ्नो वडाभित्रका अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरेको जनाएको छ। वडाभित्र रहेका विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ २ सय परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरिएको वडाध्यक्ष सराफत खानले बताउनुभयो।

    वडाध्यक्ष खानका अनुसार वडा अन्तर्गत रहेको बाबा मजार टोल, कसाइमण्डी, आँखा अस्पताल रोड, बेहनाटोल, रामनगर रोड, एमपी स्कुल रोड, साई मार्ग, भट्टा टोल र जडीबुटी कार्यालय पछाडिको टोलका विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको हो। ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटरसमेत सबैलाई वितरण गरिएको छ। ग्यास चुलो पाएपछि खुसी हुँदै उनीहरूले ग्यास सिलिन्डरको समेत आशा व्यक्त गरेका छन्।

    #नेपालगन्ज–उप-महानगरपालिका

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ